सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उकास्न आग्रह

ijotnews.com

काठमाडौँ, ३ असोज  ः राष्ट्रपति विद्यादेवी भण्डारीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझ माथि उकास्नका लागि ध्यान दिन सरकार, विद्यालय तथा अभिभावकलाई आग्रह गर्नुभएको छ । 


कालीमाटी टंकेश्वरस्थित नीलबाराही माविको हीरक महोत्सव, ६४आँै अभिभावक दिवस तथा नवनिर्मित विद्यालयको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर माथि उठेमा मात्र समग्र देशको शिक्षाको स्तर माथि उठ्न सक्छ ।” 



उहाँले स्थानीय समुदाय मिलेर शैक्षिक उन्नयनका क्षेत्रमा काम गरेमा राम्रो प्रतिफल पाउन सकिने कुराको राम्रो उदाहरण बनेकामा विद्यालय परिवारलाई धन्यवाद दिनुभयो । 




कार्यक्रममा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले वर्तमान सरकारले शिक्षा क्षेत्रामा आमूल सुधान गर्न नयाँ शिक्षा नीति तर्जुमा गर्न लागेको जानकारी दिँदै यसले सामुदायिक विद्यालयको शैक्षिकस्तर माथि उकास्ने विश्वास व्यक्त गर्नुभयो । शिक्षामन्त्री श्रेष्ठले व्यावहारिक शिक्षाका लागि आधुनिक सूचना प्रविधिको अत्यधिक प्रयोग गर्नुपर्छ भन्नुभयो । 



नेपाली काँग्रेसका नेता एवं सांसद नवीन्द्रराज जोशीले सामुदायिक विद्यालयलाई राजनीतिभन्दा माथि उठाउन सकिएमा मात्र यसको शैक्षिकस्तर माथि उठ्ने बताउनुभयो । 



विद्यालयका प्रअ जानुका नेपालले न्यून आय भएका छात्रछात्रालाई विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको जानकारी दिनुभयो । विसं २०१० मा आजकै दिन समाजसेवी मुक्तिलाल झाले आफ्नै पैतृक सम्पत्ति विद्यालयका नाममा प्रदान गरी २५ जना अत्यन्त न्यून आय भएका विद्यार्थीबाट पठनपाठन शुरु गर्नुभएको सो विद्यालयमा अहिले एक हजार छात्रछात्रा अध्ययनरत छन् । 

Comments

Popular posts from this blog

Muluki Ain (Civil Code) Bill passed

मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु, उद्घारकार्य जारी, ठूलो जनधनको क्षतिको अनुमान

Las Vegas Shooting Near Mandalay Bay Is Said to Kill at Least 20