सिरहामा तीन दल वडा तहमा विजयी


2017-09-19 14:25
लहान, ३ असोज (रासस) ः सिरहामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपाल एक–एक वडामा विजयी भएका छन् । 

लहान नगरपालिका वडा नं १ मा काँग्रेस, कर्जन्हा नगरपालिका वडा नं १ मा माओवादी केन्द्र र भगवानपुर गाउँपालिका वडा नं १ का संघीय समाजवादी फोरम नेपाल आफ्नो समूहसहित विजयी भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
लहान नगरपालिका वडा नं १ का कांग्रेसका उम्मेदवार सियाराम यादवले २९९ मत प्राप्त गरी विजयी हुनुभयो भने कर्जन्हा नगरपालिका वडा नं १ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मोहनबहादुर खत्री ३४२ मत प्राप्त गरी विजयी हुनुभयो । यसैगरी सिरहाको भगवानपुर गाउँपालिका वडा नं १ का संघीय समाजवादी फोरम नेपालका बद्रीनारायण यादव वडाध्यक्षमा विजयी हुनुभएको छ । 

मतगणना भइरहेको सिरहाको गोलबजार र मिर्चैया नगारपालिका, अर्नमा गाउँपालिकामा माओवादी केन्द्रले अग्रता कायम गरेको छ भने लहान, धनगढीमाई नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ । 

त्यस्तै कर्जन्हा नगरपालिकासहित विष्णुपुर र नरहा गाउँपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ । सिरहाको सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ । 

निर्वाचन कार्यालयले सिरहामा मतगणनास्थललाई सुरक्षित बनाएर मत गणना गरिरहेको प्रमुख निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिनुभयो । 
ल वडा तहमा विजयी

Comments

Popular posts from this blog

Las Vegas Shooting Near Mandalay Bay Is Said to Kill at Least 20

टुँडिखेलमा संविधान दिवस

अयोग्य ठहर गरिएका १८ जना भारतीय सांसद न्यायका लागि अदालतको ढोकामा