ट्रक दुर्घटना हुँदा चालकको मृत्यु


2017-09-19 09:33
हेटौँडा, ३ असोजऽ हेटौँडाबाट काठमाडाँैतर्फ जाँदै गरेको बा ४ ख ६११७ नम्बरको ट्रक त्रिभुवन राजपथको सीमभन्ज्याङबाट १० किमी तल झिलगाडी भन्ने स्थानमा दुर्घटना भएको छ ।

आज बिहान ३ बजे सो स्थानमा राजपथबाट ८०० मिटर तल खसी दुर्घटना हुँदा सो ट्रकका चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनको अहिले सनाखत भई नसकेको र उनको शव हेटौँडातर्फ ल्याइएको प्रहरी नायब उपरीक्षक दिलीप झाले जानकारी दिनुभएको छ ।

सोही दुर्घटनामा परी सोही ट्रकका सहचालक मकवानपुरको थाहा नगरपालिका–१ बस्ने २५ वर्षीय अनिल बलामी गम्भीर घाइते भई थप उपचारका लागि पालुङस्थित उपचार केन्द्र ल्याई त्यहाँबाट आजै बिहान काठमाडाँै पठाइएको प्रहरीले जानकारी दिएको छ ।

सो ट्रकमा अन्य यात्रु नभएको पालुङ इलाका प्रहरीले बताएको छ । 

Comments

Popular posts from this blog

मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु, उद्घारकार्य जारी, ठूलो जनधनको क्षतिको अनुमान

Las Vegas Shooting Near Mandalay Bay Is Said to Kill at Least 20

Muluki Ain (Civil Code) Bill passed