गच्छदारले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले पाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गच्छदारलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेकी हुन्।
 प्रधानमन्त्री देउवा मंगलबार संयुक्त राष्ट्र संघको ७२ औं महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क गएका छन्।
कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा गच्छदारले प्रधानमन्त्री देउवा स्वदेश नफर्किएसम्म प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम नेपालको संविधान बमोजिम गर्ने जिम्मेवारी सम्हाल्ने छन्। प्रधानमन्त्री देउवा असोज १२ गते स्वदेश फर्किने कार्यक्रम छ।

Comments

Popular posts from this blog

Muluki Ain (Civil Code) Bill passed

नमूना नगरपालिका बनाउने प्रमुख र उपप्रमुखको प्रतिबद्धता

मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु, उद्घारकार्य जारी, ठूलो जनधनको क्षतिको अनुमान