Posts

Showing posts from September 20, 2017

माओवादीले क्रान्ति छाडेको छैनः अध्यक्ष दाहाल

Image
  गोरखा, ४ असोज (रासस) ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आएपनि माओवादीले क्रान्ति नछाडेको बताउनुभएको छ ।   गोरखा नगरपालिकास्थित दशकिलोमा कार्यकर्तालाई आज प्रशिक्षण दिँदै उहाँले विचार र कार्यदिशामा प्रष्टता नहुँदा माओवादीले जनताबाट भोट तान्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “माओवादी विचार र लाइनमा अस्पष्ट भएजस्तो देखियो । जनयुद्धताका के गर्ने, कसो गर्ने भन्ने स्पष्ट थियो, शान्ति प्रक्रियापछि रुमलिएको जस्तो भएको छ । पार्टी र नेता बिग्रिएका हुन् कि, कार्यकर्ता अल्छी भएका हुन् कि जस्तो भयो ।”   जनयुद्धबाट शान्ति प्रक्रियामा आउँदा पार्टी र नेताबाट केही गल्ती भएको स्वीकार्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियापछि प्रतिक्रियावादीले माओवादी पार्टीलाई फुटाएको आरोप लगाउनुभयो । नेता, कार्यकर्तामा जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आउनु हुन्थ्यो वा हुँदैनथ्यो भन्ने भ्रम बाँकी रहेको भन्दै उहाँले माओवादीले क्रान्ति नछाडेको र निरन्तर क्रान्तिमै रहेको प्रष्टीकरण दिँदै भन्नुभयो, “शान्ति प्रक्रियामा आउनु ठिक हो वा होइन भ...

Badadashain Festival Begins from Today

Kathmandu, Sept 21 : "Navaratri Parba" or the nine-night festival of Bada Dashain, the great festival of the Hindu religious people of Nepal, commenced from today.   The first day of Bada Dashain festival is called "Ghatasthapana" that falls on Aswin Shukla Pratipada, the first day of the bright half of the lunar calendar in the month of Aswin.   On the day of Ghatasthapana, all Nepalis worship Diyo (an oil-fed lamp), Kalas (auspicious jar) and lord Ganesh in accordance with Vedic rituals and sow maize and barley seeds in a jar filled with soil and cow dung for germination of the auspicious Jamara (barley shoots). The auspicious hour of observing Ghatasthapan is 9:41 am today.   Prayers are also offered to Durga Bhavani, the goddess of power today.   Germination of the auspicious "Jamara" is also initiated at Hanumandhoka Dashain Ghar in accordance with Vedic rituals, today.   There is also a tradition of sacrificing animals while initiating the germinati...

मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु, उद्घारकार्य जारी, ठूलो जनधनको क्षतिको अनुमान

Image
  मेक्सिको सिटी, ४ असोज सिन्ह्वा० ः मेक्सिकोमा मङ्गलबार राति शक्तिशाली भूकम्प गएको छ । यसमा परी १०० जनाभन्दा बढीको ज्यान गएको समाचार छ ।   भूकम्पले मध्य मेक्सिकोलाई बढी हानेको छ । भूकम्पको मापन ७।१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ ।   अधिकारीहरुले भूकम्पको धक्का निकै नै शक्तिशाली महसुश भएको र यसको केन्द्रबिन्दुको मापन गहिराईमा नभएर बढी सतहमा गरिएकोले ठूलो जनधनको क्षतिको अनुमान गरेको जनाएका छन् ।   मध्य मेक्सिकोको मोरलोस् सहरमा मात्र ५४ जनाको मृत्यु भएको छ । अधिकारीहरुले ५४ जनाको शव भेटिएको र अरु कैयौँ व्यक्ति भूकम्पबाट भत्किएका भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरेका छन् ।   मध्य मेक्सिकोका जोजुत्ला, कयुरोनभाका, टेटेकाला, माइकाल्टान नामका सहरहरुमा बढी क्षति पुगेको अनुमान गरिएको मेक्सिको सरकारका मुख्य सचिव मातिलास क्वीरोजले जानकारी दिनुभएको छ ।   उहाँका अनुसार भूकम्पपछि देशैभरी ठूलो त्रास छाएको छ । उद्धारको कार्य जारी रहेको भए पनि पराकम्पनहरु आइरहेकोले चुस्त हुन नसकिरहेको उहाँले जानकारी दिनुभयो ।   पुएब्ला राज्यम मात्र ४...

थारु राष्ट्रिय जितिया महोत्सव काठमाण्डौ पर्यटन बाेर्डमा सम्पन्न

Image
SDC13306 थारु साँस्कृतिक संगीत विकास मञ्चको आयोजनामा कार्यक्रम संयोजक भारती चौधरीको अध्यक्षता र कानून न्याय तथा  संसदिय मामिला राज्यमन्त्री माननिय श्री दिलमान लिम्बुको प्रमुख आतिथ्यका साथै थारु बुद्धिजिवीहरु, थारु महिला पुरुष कलाकार एवं जितिया पारन गरेकि ब्रतालुहरुको उपस्थितिमा कार्यक्रम काठमाण्डौको भृकुटी मण्डप स्थित पर्यटन र्बोडको कार्यक्रम सभा कक्षमा सम्पन्न भएको छ । कार्यक्रममा जितिया कथा अधिवक्ता महेश्वर प्रसाद चौधरीले वाचन गर्नु भएको थियो भने वक्ताहरु डा.ललन चौधरी, थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्र चौधरी आदिले जितियाको शुभकामना मन्तव्य दिनु भएको थियो । अतिथिहरु विजय आलमुनियमका प्रबन्ध संचालक विजय चौधरी, संगितकार विजय कुमार चौधरी हुनु हुन्थ्यो । खुस्वु चौधरी,सरिता चौधरीले दोसल्ला ओढाएर सम्मान गरे भने व्याच वितरण अनिता चौधरी,निर्मला चौधरी,दिप प्रज्वलनमा भारती चौधरी,उपेन्द्र चौधरी,प्रतिमा चौधरी,पुलाबती चौधरी,मिना चौधरी रहेको थियो । स्वागत गितः स्वागतम स्वागतम संजिव चौधरीको रचना रहेको गितमा संजिव चौधरी, ढोलक चन्द्र थापा मगर, गिटार सुनिल कुमार चौधरी,प्याडमा पदम क्षे...

थारुकेा बसेाबास तराइ कि मधेश ?

Image
जयराम पंजियार। मलाई एक मधेश एक प्रदेश सम्वन्धमा जानकारी थिएन। म निजामति कर्मचारी सेवाबाट निबृत भै घर बसेको एक महिना न बित्दै एक मधेश एक प्रदेशको बिरुद्धमा थारु समुदायको बिभिन्न सघ संगठनद्धारा सघर्ष भएकोले आफु पनि समावेस भै एक ठाउँको र समुहको नेतृत्व गरेर सफलता पनि प्राप्त भयो । त्यही नेतृत्वको प्रभावबाट थारु कल्याणकारिणी सभा उदयपुरको नेतृत्वको जिम्मेवारी मिति २०६६।५।२० गते मलाई दियो । एक दिन काठमाण्डौको रत्नपार्क देखि बसोवास स्थल सातदोबाटो तर्फ आईरहेको बेला रत्नपार्कको फुटपाथमा धेरै कितावहरु बिक्री गरीरहेको देखेर मेरो ध्यान त्यतैतिर गयो। त्यहाँ ‘संघीय राज्यको नयाँ संरचना पुस्तक’ देखे । लेखकहरु डा. पिताम्वर शर्मा, के बी गुरुङ्ग, श्याम श्रेष्ठ, नरहरि आचार्य , देब तमु , प्रदीप ज्ञवाली , मोहन बिक्रम सिंह , भीम आचार्य , परि थापा , उपेन्द्र यादव र शंकर पोखरेल जस्ता विद्धानहरु थियो । लेखक उपेन्द्र यादवको शीर्षक ” स्वायत मधेश प्रदेश ” थियो । प्रदेशको सम्वन्धमा आन्दोलन गरीएकोले त्यो कितावको शिर्षक देखेर किताव किन्न बाध्य बनायो रु १२५। मा किन्ने । कितावको प्रारम्भमै मध्य देशलाई मधेश भनिन्...