पेट्रोललियम पदार्थको मुल्य वृद्धिको विरोध गर्न बिहीबार दिल्लीमा प्रदर्शन

 

नयाँ दिल्ली, ३ असोज (पीटीआई) ः दिल्ली काङ्ग्रेसका कार्यकर्ताले पेट्रोलियम पदार्थको मुल्य उच्च बनाएको र यसले सामान्य जनजीवनमा प्रभाव परेको भन्दै आगामी बिहीबार (सेप्टेम्वर २१ गते) विरोधमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्ने जनाएको छ । 
पेट्रोलियम पदार्थमा बर्तमान नरेन्द्र मोदी तथा मुख्यमन्त्री केजरीवालका दलले अकल्पनीय रूपमा करको दरमा वृद्धि गरेको बिषय मानव साङ्लो प्रदर्शन मार्फत् सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले प्रदर्शन गर्न लागिएको उक्त दलका दिल्ली इकाई प्रमुख अजय माकेनले बताउनुभयो । 
विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गरिने र यसले दिल्लीको ट्राफिकलाई प्रभावित नतुल्याउने माकेनले एक पत्रकारसम्मेलनकाबीच बताउनुभयो । 
उहाँले पेट्रोल तथा डिजेलमा मोदी सरकारले विगत तीन बर्षमा एघार पटक मूल्यवृद्धि गरेको दावी गर्नुभयो । 
उहाँले दावी थियोे, “पेट्रोल र डिजेलमा क्रमशः ५१.७८ भारतीय रुपैँया र ४४. ४० भारतीय रूपैँया विभिन्न करका रूपमा लिने गरिएको छ ।” 
दिल्लीमा अहिले पेट्रोलको प्रति लिटर ७०.५२ भारतीय रूपैँया र डिजेल प्रति लिटर ५८.८५ भारतीय रूपैँया पर्छ । 

Comments

Popular posts from this blog

Muluki Ain (Civil Code) Bill passed

मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु, उद्घारकार्य जारी, ठूलो जनधनको क्षतिको अनुमान

Las Vegas Shooting Near Mandalay Bay Is Said to Kill at Least 20