Posts

Showing posts from September 21, 2017

बौद्ध दर्शनमा नारीप्रति समानताको दृष्टिकोण

Image
  काठमाडौँ, ५ असोज ः मानिस–मानिसबीच शान्ति, सद्भाव तथा भाइचाराको सन्देश दिने बौद्घ धर्ममा आजभन्दा दुई हजार ६०० वर्षअघि नै नारीलाई पनि समान दृष्टिकोणबाट हेरिएको पाइन्छ ।   भारतको बुद्घगयामा सम्बोधी ज्ञान लाभ गरिसकेपछि भगवान् गौतमबुद्घले पञ्चशील, आर्यअष्टाङ्गिक मार्गजस्ता महत्वपूर्ण ज्ञान विश्वलाई दिनुभयो ।   उचनिच कोही छैन, समानता र भ्रातृभावलाई विशेष महत्व दिने बौद्घ धर्ममा नारीलाई पनि पुरुषलाई जत्तिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा–प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्वारा संयुक्तरुपमा बुधबार आयोजित ‘बौद्ध दर्शन, प्रजापति गौतमी र नारी स्वतन्त्रता’ विषयको अन्तक्रियामा सहभागी वक्ताले सो धारणा राख्नुभएको हो ।   भगवान् बुद्घकी आमा महामाया देवीको निधनपछि सिद्धार्थ गौतमलाई पालनपोषण गरी हुर्काउनुभएकी कान्छी आमा प्रजापति गौतमी प्रवज्या भई भिक्षुणी बन्ने पहिलो महिला हुनुभएको थियो ।   बुद्घ शासनमा भिक्षु संघ स्थापना भएको छ वर्षपछि प्रजापति गौतमीको नेतृत्वमा भिक्षुणी संघ स्थापना भएको थियो । त्यसरी पुरुष तथा महिला दुवैलाई भिक्षु बन्ने अधि...