Posts

Showing posts from September 25, 2017

उत्तर कोरिया, भेनेजुएला, र चादलाई अमेरिका भ्रमणमा रोक

Image
वासिङटन, ९ असोज 2017 (एएफपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया, भेनेजुएला, र चादका नागरिकलाई अमेरिका भ्रमणमा रोक लागाएको छ ।  यी तीन देशसहित अमेरिका भ्रमणमा जान नपाउने विश्वका नागरिकको सूचीमा आठ देश परेका छन् । यसअघि पाँच देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक थियो ।  यस नयाँ नीतिको घोषणा अमेरिकी राष्ट्रपतिको कार्यालयले आइतबार राति गरेको हो । ह्वाइटहाउसले विज्ञप्तिमार्फत यसको पुष्टी गरेको छ ।  पहिलेका पाँच र यी तीन गरी आठ देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाएको नयाँ घोषणासम्बन्धी विज्ञप्ति राष्ट्रपतिको कार्यालयले आइतबार प्रकाशन गरेको समाचारमा जनाइएको छ ।  यसअघि अमेरिका भ्रमणमा ९० दिनको लागि रोक लागाइएका राष्ट्रहरुमा इरान, लिबिया, सोमालिया, सिरिया र यमन थिए । ती देशले अमेरिका प्रवेश गर्न नपाउने सूचना यसअघि घोषणा गरिएको ९० दिन पनि आइतबार नै सकिएको थियो ।  सोही मौकामा अमेरिकाले आइतबार अर्काे व्यवस्था नभएसम्मका लागि यी तीन समेत थप गरी आठ देशले अमेरिका प्रवेश नपाउने सूचना जारी गरेको घोषणा गरेको छ ।  ...

अमेरिकाआवद्ध हवाई आमक्रणमा ८४ सर्वसाधारण मारिए

Image
बेरुत, ९ असोज (एएफपी) ः इस्लामिक स्टेट्सको बलियो प्रभाव रहेको सिरियाको राका शहरनजिकै भएको अमेरिका आवद्ध हवाई आक्रमणमा कम्तीमा ८४ सर्वसाधारण मारिएका छन्. । मारिएका यी ८४ व्यक्तिमा दर्जनाँैको संख्यामा बालबालिका रहेका ‘ह्युम्यान राइट्स वाच’ (एचआरडब्लू) ले जानकारी दिएको छ । यस आक्रमणमा परी आईएस लडाकू पनि मारिएका छन् । तर ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको एचआरडब्लूले जानकारी दिएको छ । यस आक्रमणमा परी विद्यालयमा शरणार्थीकै रुपमा रहेका दर्जनौँ सर्वसाधारण मारिएका छन् । अमेरिका आवद्ध संयुक्त सेनाले यस इलाकामा सर्वसाधारण नागरिक भएको थाहा नभएको जानकारी दिएका छन् । एचआरडब्लूका अनुसार गत मार्च २० मा भएको मानसोउराहस्थित एक विद्यालयमा भएको हवाई आक्रमणमा १६ बालबालिकासहित ४० व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी तब्का बजार नजिकै मार्च २२ मा भएको अर्को एक आक्रमणमा १४ बालबालिकासहित ४४ व्यक्तिको मृत्यु भएको थियो । अमेरिका आवद्ध संयुक्त सेनाले सन् २०१४ को सेप्टेम्बरबाट सिरियामा हवाई आक्रमण शुरु गरेको छ । सिरिया र इराकमा सन् २०१४ देखि गत अगस्तसम्म अमेरिका आवद्ध संयुक्त सेनाले गरेको आतंककारी लक्ष...

१३२ स्थानीय तहको मत परिणाम सार्वजनिक

Image
काठमाडौँ, ९ असोज २०७४ ः यही असोज २ गते निर्वाचन भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३२ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।   निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट आज अपराह्न ४ बजेसम्म प्राप्त विवरणानुसार स्थानीय तहका प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेस ३८, संघीय समाजवादी फोरम नेपाल २५, राष्ट्रिय जनता पार्टी नेपाल २४, नेकपा (माओवादी केन्द्र) २१, नेकपा (एमाले) १८, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार एक स्थानमा विजयी हुनुभएको छ ।  यसैगरी जम्मा एक हजार २७१ वडामा भएको निर्वाचनमा हालसम्म एक हजार २३८ वडाको मतगणना सम्पन्न भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । अब चार स्थानीय तह र १९ वडाको निर्वाचन परिणाम आउन बाँकी छ । आठ जिल्लामध्ये सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । सप्तरीको राजविराज नगरपालिका, बाराको कलैया उपमहानगरपालिका र बारागढी गाउँपालिका तथा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा मतगणना जारी रहेको आयोगले जन...

नमूना नगरपालिका बनाउने प्रमुख र उपप्रमुखको प्रतिबद्धता

Image
कल्याणपुर सप्तरी, ९ असोज २०७४ ः सप्तरी खड्ग नगरपालिकाका नवनिर्वाचित प्रमुख हेमायु हकले यस नगरपालिकालाई नमूना नगरपालिकाका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  निर्वाचित पदाधिकारीको शपथग्रहण तथा पदभारग्रहण कार्यक्रममा उहाँले भन्नुभयो – “सबै पक्षसँग समन्वय र सहकार्य गरी नमूना नगरका रुपमा विकास गर्ने कार्यमा हामी प्रतिबद्ध छौं ।”  प्रमुख हकले बिद्यमान स्रोत र साधनको अधिकतम उपयोग गरी नगरक्षेत्रभित्र स्वरोजगारी सृजना गर्ने कार्यलाई नगरपालिकाले उच्च प्राथमिकता दिइने बताउनुभयो ।  कार्यक्रममा नवनिर्वाचित उपप्रमुख यासमिन सुल्तानले नगरको समग्र विकासका लागि सबैसँग हातमा हात मिलाएर अघि बढ्ने बताउनुभयो ।  निर्वाचन अधिकृत रीताकुमारी बख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख सुदेवकुमार पोखरेलले नगरको विकास तथा जनताको हितमा काम गर्न नवनिर्वाचित नगरप्रमुख लगायतका पदाधिकारीलाई आग्रह गर्नुभयो । 

Muluki Ain (Civil Code) Bill passed

Image
Kathmandu, Sept 25, 2017: A meeting of the Legislature-Parliament today passed the Muluki Ain (Civil Code) Bill, 2074 BS.  Minister for Law, Justice and Parliamentary Affairs, Yagya Bahadur Thapa had presented a proposal before the parliament seeking passage of the bill.  The bill includes provision on division of property. Earlier, the parliament had directed the committee concerned to incorporate this provision instead of the provision of granting will on parental property to be effective 19 years after the granting of the will. The provision of will on parental property was in the bill when it was first presented in parliament.  The bill which takes effect one year after the President authenticates it is one of the legislations that displaces the Civil Code.  Similarly, the meeting passed the Country Civil Procedure (Code) Bill, 2074. Speaker Onsari Gharti announced that the bill has been passed by a majority despite Nepal Majdoor Kisan Party law...