Posts

Showing posts from September 24, 2017

मोटरसाइकलको ठक्करबाट मृत्यु

राजविराज, ८ असोज ः पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ५ मा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीया आशादेवी साह रहेको इलाका प्हरी कार्यालय कल्याणपुरले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ८ प ४४१० नंको मोटरसाइकलले उनलाई बाटो काट्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

१२२ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक

Image
काठमाडौँ, ८ असोज  ः असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये हालसम्म १२२ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।  निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३६, नेकपा (एमाले) १६, नेकपा (माओवादी केन्द्र) २०, राष्ट्रि य जनता पार्टी नेपाल २१, संघीय समाजवादी फोरम नेपाल २३, फोरम लोकतान्त्रिक तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति नेपालका उम्मेदवार एक स्थानमा विजयी हुनुभएको छ ।  आयोगमा अब १४ स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी छ । असोज २ गते १३६ स्थानीय तहका एक हजार २७१ वडाका लागि निर्वाचन भएको थियो । 

कावा प्रधानमन्त्री गच्छदार स्वागत समारोहमा

काठमाडौँ, ७ असोज 2074 ः साउदी अरेबियाको ८७ औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित स्वागत समारोहमा कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदार सहभागी हुनुभयो ।  नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर एच अलहार्थीले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योगपति, व्यापारी तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो ।  त्यस अवसरमा नेपाल र साउदी अरेबियाको राष्ट्रिय धुन प्रस्तुत गरिनाका साथै साउदी अरेबियाले हालैका दिनमा हासिल गरेको प्रगति वृत्तचित्रका माध्ययमबाट प्रस्तुत गरिएको थियो । 

अनुगमन गर्दा राज्यमन्त्रीको गाडी तोडफोड

धनगढी, ७ असोज (रासस) ः बजार अनुगमन टोलीको नेतृत्व गरिरहनु भएका आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले प्रयोग गरेको गाडीमा आज कैलालीको टीकापुरमा तोडफोड भएको छ ।  टीकापुर बजारमा रहेको विष्ट आयल स्टोरलगायतका पसलमा अनुगमन गरिसकेपछि स्थानीय सिद्धार्थ होटलमा पुग्नु भएका राज्यमन्त्री विकले प्रयोग गर्नु भएको बा १ झ ९६६९ नं को जिप होटल परिसरमा रोकिएको अवस्थामा तोडफोड भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । तोडफोडबाट गाडीको पछाडिको भागमा क्षति पुगेको छ ।  बजार अनुगमनका नाममा पसलमा सिलबन्दी गर्ने प्रयास गरेको भन्दै विरोधमा उत्रिएका व्यापारीले जिपमा तोडफोड गरेको जनाइएको छ । प्रहरीले घटनापछि टीकापुर उद्योग वाणिज्य संघका दुई व्यवसायीलाई पक्राउ गरेको छ । घटनापछि आपूर्ति राज्यमन्त्री र प्रजिअको उपस्थितिमा समस्या समाधानको प्रयासका लागि सर्वपक्षीय बैठक बसेको छ ।  राज्यलाई तिर्नुपर्ने कर नबुझाउने माथि कारबाही गर्नुको साटो जिल्लाका साना व्यापारीलाई चाडवाडको समयमा जथाभावीरुपमा बजार अनुगमनको नाममा दुःख दिइएको भन्दै स्थानीय व्यापारीले विरोध गरिरहेका छन् ।...

Third phase local poll-results of 109 levels out

  Kathmandu, Sept 23 : Results of September 18 third phase of local level elections have been announced at 109 levels out of 136 of eights districts in Province No 2.   According to the latest election results updates provided by the Joint Election Operation Centre (JEOC) based in the Election Commission, so far the Nepali Congress has won the elections (mayor/ chief) at 33 levels, Federal Socialist Forum at 20 levels and CPN (Maoist Centre) at 19 levels.   Similarly, the Rastriya Janata Party Nepal has secured its positions at 18 levels, CPN (UML) at 13, Nepal Democratic Forum at three and Nepali Janata Dal at two levels.   The Naya Shakti Nepal has opened its account at one level.   According to EC Spokesperson Nawaraj Dhakal, so far final results of 1,105 wards have been received. Now, results of 25 levels and 166 wards are awaited.  

Some people try to make politics a 'dirty game', Prachanda says

Kathmandu, Sept 23 : CPN (Maoist Centre) chair Pushpa Kamal Dahal 'Prachanda' has claimed that some people tried to make the national politics a 'dirty game'. "Politics is meant for serving the people. Some people attempted to make it a dirty game which is never acceptable for the party," he said while addressing a tea reception organised by the All Nepal Sports Federation on the occasion of the upcoming festivals. "Sports has its certain rules, standards, norms and values. This is not only beneficial for athletes and keeps values in their personal life, instead its helps the nation become healthy and prosperous." According to him, politics is also a type of game and it has too its own rules, norms and values. Recalling the moment the previous government headed by himself identifying volleyball as the national game he insisted on the need of increasing investment in sports and boost up confidence of athletes. At the programme, former deputy prime...

खडक नपाको प्रमुखमा समाजवादी फोरम विजयी

Image
राजविराज, ८ असोज ः सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार १२८ मत प्राप्त गरी विजयी हुनुभएको छ उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका किरणकुमार भगतले दुई हजार हजार ९९४ मत प्राप्त गर्नुभएको थियो । उपप्रमुखमा काँग्रेसका यसमिन सुलतान खातुन तीन हजार २३७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका बिन्दुलाकुमारी देवी झाले दुई हजार ७६९ मत प्राप्त गर्नुभएको थियो । सोही नगरपालिकाको वडा नं १, २, ३ मा काँग्रेस, ४ मा नेपाल फोरम लोकतान्त्रिक, ५ मा एमाले ,६ मा नेपाल लोकतान्त्रिक फोरम, ७ र ८ मा संघीय समाजवादी फोरम नेपाल, ९ र १० मा नेपाली काँग्रेस तथा वडा नं ११ मा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । नगरपालिकाका प्रमुख हेमायु पूर्वस्वतन्त्र सांसद मोहम्द सदरुल मियाँ हकका छोरा हुनुहुन्छ । उहाँको करिब चार वर्ष अगाडि आफ्नै परिवारका सदस्यबाट हत्या भएको थियो । सदरुल मियाँ २०६४ सालमा स्वतन्त्र उम्मेद...