थारुकेा बसेाबास तराइ कि मधेश ?

जयराम पंजियार।मलाई एक मधेश एक प्रदेश सम्वन्धमा जानकारी थिएन। म निजामति कर्मचारी सेवाबाट निबृत भै घर बसेको एक महिना न बित्दै एक मधेश एक प्रदेशको बिरुद्धमा थारु समुदायको बिभिन्न सघ संगठनद्धारा सघर्ष भएकोले आफु पनि समावेस भै एक ठाउँको र समुहको नेतृत्व गरेर सफलता पनि प्राप्त भयो । त्यही नेतृत्वको प्रभावबाट थारु कल्याणकारिणी सभा उदयपुरको नेतृत्वको जिम्मेवारी मिति २०६६।५।२० गते मलाई दियो ।
एक दिन काठमाण्डौको रत्नपार्क देखि बसोवास स्थल सातदोबाटो तर्फ आईरहेको बेला रत्नपार्कको फुटपाथमा धेरै कितावहरु बिक्री गरीरहेको देखेर मेरो ध्यान त्यतैतिर गयो। त्यहाँ ‘संघीय राज्यको नयाँ संरचना पुस्तक’ देखे । लेखकहरु डा. पिताम्वर शर्मा, के बी गुरुङ्ग, श्याम श्रेष्ठ, नरहरि आचार्य , देब तमु , प्रदीप ज्ञवाली , मोहन बिक्रम सिंह , भीम आचार्य , परि थापा , उपेन्द्र यादव र शंकर पोखरेल जस्ता विद्धानहरु थियो ।
लेखक उपेन्द्र यादवको शीर्षक ” स्वायत मधेश प्रदेश ” थियो । प्रदेशको सम्वन्धमा आन्दोलन गरीएकोले त्यो कितावको शिर्षक देखेर किताव किन्न बाध्य बनायो रु १२५। मा किन्ने । कितावको प्रारम्भमै मध्य देशलाई मधेश भनिन्छ । बुद्धको प्रवचनमा मधेश शब्दको फेला पर्छ भन्ने उल्लेख भएकाले आफु थेरबादको शाकीय बंशको थारुहरु हुन यसै वंशमा बुद्धको जन्म भएको भारतीय, बिदेशी र नेपालका विद्धान र ईतिहासकारहरु स्वीकार गरीसकेकोले म पनि बौद्ध समर्थक हुँ ।
१. यसै सन्दर्भमा मधेश कोखोजीमा बुद्धको जन्म स्थल एतिहासिक र पुरातात्विक प्रमाण पढ्दा
ईश्वी पूर्व २५० मा माया देवी मन्दीरको गर्भमा बुद्ध जन्मस्थलको मार्कर स्टोन राखेर छेउमा शिलास्तम्भ स्थापना गरेका थिए । यसलाई लघु स्तम्भ पनि भनिन्छ । बुद्धको जन्म स्थल पुस्तिकामा प्रकाशित अभिलेखबाट नेपालको तराई लुम्विनी स्थित अशोक स्तम्भमा अङ्गित अभिलेखको “ शिलाविगडवीचा ” ” उवलिकेकटे “ र “ अठभागिचेच” जस्ता शब्दहरुको ब्यख्या गरिएको छ ।
सन १८९६ डिसेम्बर–१ मा पुन.ं पता लागेको लम्विनीको अशोक शिलास्तम्भ अभिलेखमा “ हिदबुद्धे जाते शाक्यमुनि ” “ हिदभगवजातेति लुमिनि गामे” कुदिएको भेटिएपछि लुम्विनी गाउमा भगवान बुद्धको जन्म भएकाले बुद्धको ऐतिहासिक प्रमाण प्रमाणित भयो ।
२६ जुलाइृ १९९५ मा लुम्विनीमा बुद्ध जन्म स्थलको मार्कर स्टोन फेला परेको सामाचार जापानको प्रसिद्ध अखवार आशाहीले छापियो । तदानुसार माघ २० गते २०५२ सालमा तत्कालिन प्रधान मन्त्री शेर बहादुर देउवाले सार्वजनिक समारोहमा बुद्धको बास्तविक जन्म स्थल मार्कर स्टोन उत्खननबाट फेला परेको घोषणा गरीयो र विश्व मान्यता प्राप्त भयो । त्यहाँ मधेश शब्द नभै तराई शब्द प्रयोग भएको पाईयो।
गोरखा पत्र २० मंसीर २०६० साल
२. मधेशको खोजी गर्ने क्रममा ( सुगौली सन्धी )
(क) सुगौली संन्धी –४ मार्च १८१६ अध्ययन गर्दा भिमसेन थापाले तराईको समतल भु–भाग नेपालमै रहनु पर्छ भन्ने उल्ल्ोख छ ।
ख) पुरक सिमा संन्धी –११ डिसेम्वर १८१६ हेर्दा पुरक सन्धीलाई कोशी देखि राप्ती नदी सम्मको तराई भु–भाग फिर्ता सन्धी भनिन्छ भन्ने कुरा उल्लेख गरिएको छ ।
(ग) सुगौली सन्धीको धारा–३ मा ‘नेपालको श्री ५ माहाराजाधिराज सम्मानीय ईष्ट ईण्डिया कम्पनीलाई तल उल्लेख भएको (काली – टिष्टा नदीहरुका बीचमा पर्ने सम्पुर्ण तराई ) सबै ईलाकाहरु सदाको लागी परित्याग गरी बक्सन्छ ” भन्ने उल्लेख छ ।
(घ) सिमा सन्धी-१ नेवेम्बर १८६० मा धारा–३ मा नेपाल सदाको लागी गुमाएको भनिएको राप्ती नदी देखि काली नदी सम्मको पश्चिम तराईको समथर भु–भाग ( बाँके बर्दिया, कैलाली, कनचनपुर ) पश्चिम नेपालको नयाँ मुलुकको जमिन फिर्ता पायौ भन्ने उल्लेख छ ।
।(ड) डिसेम्बर–८ १८१६ को धारा–२ मा ब्रिटिस सरकारमा गाभिएका कोशी र गण्डकी बीचका तराईका सबै भुभाग मध्य तिरहुत र चम्पारन जिल्ला अन्तर्गतका बिवादग्रस्त जमिन र दुबे पक्षका अधिकारहरुलाई आ–आफनो देशको सीमा निर्धारण र अनुसंधान गर्न आवश्यक पर्ने जमिन बाहेक सबै जमिन नेपाल सरकारले फिर्ता पाउने छ ।
(च) सिमा सम्झौता –७ जनवरी १८७५ मा हेर्दा सगौली सन्धीले नेपालको तराई बिहिन भएको थियो । सन्धीको –९ महिना पछि नेपालको पुर्वी तराई फिर्ता प्राप्त भयो । सन्धीको ४४ वर्ष पछि पश्चिम तराई फिर्ता प्राप्त भयो भन्ने उल्लेख छ । सन्धी अध्ययन गर्दा पनि मधेश शब्द प्रयोग न भएको पाईयो ।
३. ऐतिहासिक पत्रका प्रतिलिपि खोजि गर्ने क्रममा
हलका वर्ष सम्म मुलुकको सम्पुर्ण भुमि व्यक्तिगत रुपमा राजाको स्वामित्वमा रहेको मानिन्थियो । राजालाई रिझाए वापत बक्सको रुपमा भुमिदान गर्न, फिर्ता लिन , कर मिन्हा गर्न , जागिर दिनु , कर असुल गर्ने आदि अधिकार दिन राजाको स्वच्छामा सार्वभौम अधिकार थियो । तीन किसिमको अधिकार थियो ।
१, लालमोहर –श्री ५ माहाराजारिाजबाट जारी गरीने छाँप
२, स्याहामोहर–कालो छाप सेन राजा द्धारा प्रयोग गरीने छाँप
३, रुक्का – शाही अदालतबाट जारी गरीने छाप
हल सम्म प्राप्त भएको पुरानो लालमोहर ,स्याहामोहर , रुक्का ५० वटा अध्ययन गर्दा (भू पु माहान्यायीवक्ता रमानन्द प्रसाद सिंह र तेज नारायण पंजियार द्धारा संकलित)
१, स्याहामोहर–१ मा विजयपुरका राजा महिपति सेनले– १८८३ मा रनपाल चौधरीलाई तराईको पटना गाउँ पहिले जस्तै दस्तुर उठाउने गरी विर्ता दिएको थियो । (हरफ नं –५ मा षालिसा शब्दको प्रयोग गरिएको छ )
२, लालमोहर –२ र ४ मा राजा प्रताप शाहले –१८३३ मा हेम चौधरीलाई तराई प्रदेशको भुमि कर असुल गरी सरकारलाई बुझाउने अधिकार पत्र दिएको थियो । ( जमिनदार ,प्रगन्ना शब्दको प्रयोग छ )
३, लालमोहर –३ र १० मा राजा रन बहादुर शाहले वि.स. १८३४ मा हेम चौधरीलाई तराईको भुमि दस्तुर नलिई पारिश्रमिक स्वरुप जग्गा दिएको अधिकार पत्र। –(षालिसा, प्रगन्ना शव्दको प्रयोग भएको छ )
लालमोहर र स्याहामोहरमा पनि मधेश शब्द उल्लेख छैन । षालिसा, जमिनदार र प्रगन्ना उल्लेख भएको छ । जसको अर्थ हुन्छ क्रमश: तराईको भु–भाग , तराईको कर असुल गरी सरकारलाई दिने र तराईको धेरै गाउँ मिलि प्रशासनिक भु–भाग ।
४. 4th Search :- The Return of the Mauyas:- Writer Subodh
Kumar Ing P-114
The boundaries of Majhimdesh or the middle country have been referred to and explained in both Brahmanical and Buddhist literature of the ancient past. It is described as that area lying to the east of River Saraswotif\ and to the west of the Kalakvana or Black forest somewhere near Prayag. lAtogether fourteen out of the sixteen Mahajanapadas of the states that existed in ancient India during the time of Buddha were said to have been the part of the Majhimdesh. They are. Kasi, Kosala, Anga, Magadha, Vaji, Mllaa, Cetiya (Cedi), Vasma (Vatsa), Kuru, Panchla, Maccha (Matsya), Surasena, Assaka and Avantif\ (Law 1979;\ 2). These fourteen Mahajanapadas are now either part or Uttar Pradesh or Bihar Qmate of India. This would certainly help one to understand that the Teraif\ lowland of Nepal was never a part of Madhyadesh and in no way can be branded as Madhesh.
Conclusion:- Taraif\ is not Madhesh
५. नेपालमा थारुहरुको गद्दी (चौरासी) अध्ययन गर्दाको क्रममा
नोट –देवानहरुलाई राजा भन्ने सम्वोत्रन गरिन्थियो । प्रगन्ना प्रमुखलाई जब्बार र जमिन्दार प्रमुखलाई पटवारी भनिन्थ्यिो ।
त्जबचग प्ष्लन
मौर्य गणतन्त्रको विभाजन अनुसार हाल सम्म नेपालको तराई भू–भागमा, पता लागेको तराईमा –८ ओटा गाद्दी –(चौरासी) छन । ९६ वटा प्रगन्नाहरु छन ।
१, जलपाईगोरी देखि मोरङ्ग सम्म एक गाद्दी (चौरासी ) थियो जसको प्रशासकीय रजौटा केन्द्र मोरङ्ग जिल्लाको
तेतरीयामा थियो । त्यहा थारुहरु नै देवानहरु थिए । थारु समुदायको विश्वसहरु थिए ।
२, मोरङ्ग देखि कमला सम्म दोस्रो गाद्दी (चौरासी ) थियो जसको प्रशासकीय रजौटा केन्द सप्तरी जिल्लाको बरमझियामा थियो त्यहाँ देवानहरु थारुहरु नै थिए । थारु समुदायको चौधरीहरु थियो ।
३, कमला देखि बागमति सम्म तेस्रो गाद्दी ( चौरासी ) थियो जसको प्रशासकीय रजौटा केन्द्र महोतरी जिल्लाको भँगहामा थियो त्यहा थारुहरु नै देवान, थारु समुदायको फौदारहरु थिए ।
४, बागमति देखि गण्डकी सम्म चौथो गाद्दी ( चौरासी ) थियो जसको प्रशासकीय रजौटा केन्द्र वारा जिल्लाको कुमरगढीयामा थियो । त्यहाका देवानहरु थारु समुदायको राउतहरु थियो ।
५, गण्डकी देखि पश्चिम तनहु सम्म पाचौ गाद्दी ( चौरासी ) थियो जसको प्रशासकीय रजौटा केन्द रुपनदेही जिल्लाको खैरियामा थियो । त्यहाँका देवानहरु थारु समुदायको चौधरीहरु थियो ।
६, तनहु नदी देखि पश्चिम राप्ती नदी सम्म छेठौ गाद्दी ( चौरासी ) थियो जसको प्रशासकीय रजौटा केन्द दाङ्ग जिल्लाको गोवडियामा थियो । त्यहाका देवानहरु थारु समुदायको चौधरीहरु थियो ।
७, राप्ती देखि कर्णाली सम्म सातौ गाद्दी ( चौरासी ) थियो जसको प्रशासकीय रजौटा केन्द्र बाके जिल्लाको थपपुवामा थियो । त्यहाँका देवानहरु थारु समुदायको सिंह थारुह्रु थियो
८, कणार्ली देखि महाकाली सम्म आठौ गाद्दी ( चौरासी ) थियो जसको प्रशासकीय रजौटा केन्द कैलाली जिल्लाको हसुलीयामा थियो । त्यहाँका देवानहरु थारु समुदायको महतोहरु ( मेजर ) थियो ।
सन्दर्भ समाग्री ः–त्जभ ःबगचथब भ्mउष्चभ बलम ज्ष्क क्थकतझक म्च। धष्ििष्गm म्भखष्त ज्ञठघछ
६.सत्य तथ्य संग्रह
ए. एल. बासम जो अष्ट्रेलियन नेशनल बिश्वविद्रयलका प्रोफेसरले आफनो पुसतक त्जभ ध्यलमभच त्जबत ध्बक क्ष्लमष्ब मा उल्लेख गरेका छन् कि कोसलका राजा प्रसेनजीतका छोरा बिदुदभले ४९४ ई. पू.. तिर नेपालका तराई भुभागमा बस्ने एक स्वतन्त्र शाक्य जातिमाथि अक्रमण गरेका थिए र हाल यो जातिको सुन्नमा आएको छैन जुन जातिले बुद्धकालाई जन्म दिएका थिए । पृ २९
७.थारु जातिको उत्पतिको इतिहासको खोजि गर्ने क्रममा
जे.सी. नेस्फील्डले “ डिसिकैपशनअफ द ईण्स्ट्रोज रिलिजन अफ द थारुजएण्ड बोक्सा ड्राविजअफ द ईण्डिया ” मा उल्लेख छ ।
भित्री मधेश र मधेश को उतरी भेगमा बस्ने थारु प्राचीन जनजाती हुन ।
८.स्वतम्त्र भारत जातीय तथा भाषाई समस्या लखके–बोरिश एल क्लूभको अध्ययन गर्दा
पहाडी भाषाओं के इलाकें में भाषाई स्थिति
पहाडी भाषाओ और बोलियोंको हिमाल की तराइयों और निचली पहाडीयों में जम्मू–कश्मीर
हिमाचलप्रदेश और पश्चिम बंगाल के प्रदेश पर ब्यापक उपयोगमे लाया जाता है । पृ ६७
८. a\sociological thought of the origin history of tharu मा उल्लेख छ ।
थारु जातिको उदगम स्थल नेपालको तराईको हो । थारुहरु मगोल्वाईड मूलको हुन थारुको मुल थलो कपिलबस्तु आसपासको हुन् । जहा सदैव थारुहरुको बाहुल्यता भएको स्थान रहदै आएको छ । पृ ३३
मथुराको बीचको भाग मध्यदेश (मधेश) हो । प्रयाग सम्मको भुभाग मध्यदेश ( मधेश ) हो ।
यसबाट के बुझन सकिन्छ भने मधेशको उतरी भेगमा नेपालको तरार्ई छ जहा प्राचीन काल देखि थारुहरुको उदगम स्थल हो । तरार्ई र मधेश एक अर्काको समीप भएको अर्थात सीमावर्ती क्षेत्र भएकोले बैवाहिक सम्वन्ध, रहन सहन र रंग आदि मिल्दोजुल्दो भएको हो । गंगा मैदानको दक्षिण पश्चिममा बसोवास भएको समुदाय मधेशी हो तर नेपालको बासिन्दाको संदर्भमा भारती मुलुकबाट आएका समुदायलाई मधेशी भन्ने प्रचलन भएको छ । प्राय हरेक सम्वन्ध , ब्यबहार र रंग भारतसंग मिल्दो जुल्दो भएकै कारणबाट पहाडीहरुले थारुहरु समेतलाई मधेशी भनेको भ्रम हो । तरार्ईमा प्राचीनकाल देखि नै थारुहरुको बसोबास गर्दै आएकोले पहाडीले थारुलाई थारु नै भनेको हो यर्थातमा थारुले भारतीय मुलुकबाट आएको समुदायलाई मधेशी भनेको हो ।
निष्कर्ष 
उल्लेखित तथ्यहरुलाई अध्ययन गर्दा नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्मको समतल भूभागलाई तराई भनिन्छ । नेपालको तराई भुभागमा थारुहरुको बस्ती छ , पहाडबाट बसाई सरी अन्य समुदायहरु तराईमा आएका छन । त्यसैगरी मधेशीहरु पनि तराईमा बसाई सरी आएका छन तसर्थ नेपालमा तराई छ, थारुहरु, मधेसीहरु र अन्य समुदायका जातजातीहरुको बस्ती छन तर मधेश क्षेत्र छैन भन्न सकिन्छ ।

Comments

Popular posts from this blog

मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु, उद्घारकार्य जारी, ठूलो जनधनको क्षतिको अनुमान

राजविराजमा सुँगुर, कुकुर र गाईगोरुको आतंक

थारु राष्ट्रिय जितिया महोत्सव काठमाण्डौ पर्यटन बाेर्डमा सम्पन्न