थारु राष्ट्रिय जितिया महोत्सव काठमाण्डौ पर्यटन बाेर्डमा सम्पन्न


SDC13306थारु साँस्कृतिक संगीत विकास मञ्चको आयोजनामा कार्यक्रम संयोजक भारती चौधरीको अध्यक्षता र कानून न्याय तथा  संसदिय मामिला राज्यमन्त्री माननिय श्री दिलमान लिम्बुको प्रमुख आतिथ्यका साथै थारु बुद्धिजिवीहरु, थारु महिला पुरुष कलाकार एवं जितिया पारन गरेकि ब्रतालुहरुको उपस्थितिमा कार्यक्रम काठमाण्डौको भृकुटी मण्डप स्थित पर्यटन र्बोडको कार्यक्रम सभा कक्षमा सम्पन्न भएको छ ।
कार्यक्रममा जितिया कथा अधिवक्ता महेश्वर प्रसाद चौधरीले वाचन गर्नु भएको थियो भने वक्ताहरु डा.ललन चौधरी, थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्र चौधरी आदिले जितियाको शुभकामना मन्तव्य दिनु भएको थियो । अतिथिहरु विजय आलमुनियमका प्रबन्ध संचालक विजय चौधरी, संगितकार विजय कुमार चौधरी हुनु हुन्थ्यो ।
खुस्वु चौधरी,सरिता चौधरीले दोसल्ला ओढाएर सम्मान गरे भने व्याच वितरण अनिता चौधरी,निर्मला चौधरी,दिप प्रज्वलनमा भारती चौधरी,उपेन्द्र चौधरी,प्रतिमा चौधरी,पुलाबती चौधरी,मिना चौधरी रहेको थियो ।
स्वागत गितः स्वागतम स्वागतम संजिव चौधरीको रचना रहेको गितमा संजिव चौधरी, ढोलक चन्द्र थापा मगर, गिटार सुनिल कुमार चौधरी,प्याडमा पदम क्षेत्री रहेको थियो । गायन तर्फ कलाकारहरु आशालाल चौधरी,कल्पना चौधरी,अरुण कुमार चौधरी,प्रमित चौधरी,उपेन्द्र चौधरी, शिव संजिव चौधरी,अजनवी रामदेव चौधरी रहेको थियो ।
नेपाली गीतमे ठमेल बजार वन्दना चौधरी, धुमरा नृत्य देवानन्द चौधरी, उषा चौधरी, इन्द्र कुमार चौधरी, अरुण कुमार चौधरी,जिवन चौधरी रहेको थियो । तोरे हाथे सिनुर लगाइबौ कल्पना चौधरीले गाएकि थिइन भने ओहिना छै जोश जाँगर गित अजनवी रामदेव चौधरी, जाटजाटिन नृत्य जिवन चौधरी, रंजित चौधरी, गोल्डेन चौधरी, विपना चौधरी,श्रृजना चौधरी,कुन्ती चौधरी,लाइभ गीत विरहैन कोने से ऐलै विदेशिया वोलके गित आशिष चौधरी, मैयाँ किया करैची काइँ काइँमा नृत्य अरुण चौधरी, रामदेव चौधरी, वसन्ती सरदार,उषा चौधरी, भारती चौधरी, त्यस्तै लाइभ गीत जहाँ छन बुद्धका आँखा आशालाल चौधरी, हास्य नृत्य मुस्कान मे यहाँ के दिपिका चौधरी,गोल्डेन चौधरी, थारु जिन्दावाद गीत रामदेव चौधरी, आशालाल चौधरी,शिव संजीत,कल्पना चौधरी रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथीलाइ टाेकन अफ लभकेा प्रतिक दिएर सम्मान साथ उत्कृष्ट गायन र नृत्यकलाकारहरुलाइ सम्मानपत्र प्रदान गरिएकेा थियाे ।
कार्यक्रम संचालन आशिष चौधरीले गरेको थियो ।
थारू जितया महेात्सव २०७४ परिचय
थारू जाति नेपालकेा आदिवासी रहेकेा र नेपालकेा मेचि देखि महाकालिसम्म तराइका जिल्लाहरूमा बसेाबास गरि आएका छन । थारू वसेावास क्षेत्रमा विवाहित महिलाहरू येा पर्व मनाउदै आइरहेकि छिन । स्थानिय तहमा गाउंगाउं घरघरमा मनाउछन भने शहरी क्षेत्रमा सबै एकै ठाउं वा फरक फरक ठाउंमा समेत भेला भइ मनाउने चलन रहेकेा छ । विगत ९ नैा वर्ष देखि काठमाण्डैामा पनि प्रत्येक साल मनाउदै आइरहेका छैां । येा वर्ष २०७४ साल भाद्र २८ गते बृहतरूपमा महेात्सवकै रूपमा काठमाणडैा भृकुटी मण्डप काठमाण्डामा विभिन्न संघसंस्थाका प्रतिनिधि गन्यमान व्यक्तिहरूकेा उपिस्थति एवं उत्कृष्ट महिला तथा पुरूष कलाकारहरू समेतकेा नाचगान प्रहसन कला प्रदशर्नका साथ जति १५ जना व्रतालु महिलाहरूकेा उपस्थितिमा जितमहानकेा मूर्ति पूजाका साथ भजन किर्तन सहित मनाउंदै छैा
जितिया पर्व परिचय
सारिवाहन नामकेा थारू राजाकेा छेारी राजकुमारी मसवासी धार्मिक प्रवृति कि थिइन र अलिक हुर्कि सके पछि उ दरबार बाहिर नै भगवानकेा तपस्या गर्ने अनुरेाध पिता जी संग गर्दा उनलाइ दरबार वाहिर नर्वदा नदि किनारमा कुटि निर्माण गरि दिए पश्चात उनि त्यहीं नै ऋषिमुनिहरूकेा संरक्षण र सेवामा तपस्या गर्न थालिन । दैनिक विहान उठेर समुन्द्रमा नुहाएर आइ पुजा पाठ गर्ने गर्थिन । एक दिन विहान उठ्न ढिला भइ समुन्द्रमा नुहाउने बेला ढेागदाका वेला सूर्य भगवानकेा प्रकाश गमनले निज गर्भवति भइन र एक छेाराकेा जन्म भयेा नाम चाहि जितुवा राखिन । वच्चा हुर्कदै गयेा अन्य वच्चाहरूसंग खेल्ने क्रममा एउटा खेलकेा नियम थियेा गुफा भित्र पस्दा आमाकेा नाम लिएर पस्नु पर्ने र निक्लिदा पिताकेा नाम लिएर निक्लनु पर्ने । जितुवालाइ आमाकेा नाम त थाहा थियेा तर पिताकेा नाम थाहा नरहेकेाले निक्लिन पाएका थिएन सेाहि क्रममा निजकेा आमाले सेाध्नी गर्दा पिताकेा नाम भन्नु अनि मात्र निक्लिन्छु भन्दा आमाले उसका पिताका नाम सूर्य बताउदा जितुवा गुफा भित्रवाट निक्लिएर घर पुगे अनि पितालाइ भेटाइ दिन आमासंग अनुरेाध गर्दा भेटाउन नसक्ने भन्दा जिद् गरेर जितुवा घरवाट बाहिर पिता सूर्यकेा खेाजमा निक्लिन्छ भेाक पियासै वालक देखेर उनलाइ भगवानले दर्शन दिन्छ र भन्छ मै तिम्रेा पिता हुं भन्दा उसकेा घर लैजान जितुवाले जिद गरे पछि भगवानले आफ्ना घर लगि खुवाइ पियाइ गरि उसकेा साहसिक दृढता देखेर उसकेा नाम सूर्य भगवानले नै जितमहान राखि दिए र पृथ्वीमा गइ तिम्रेा नामले जसले ब्रत लिन्छ उसकेा छेारा छेारि दिर्घजिवि, स्वस्थ र जस्तेासुकै समस्यालाइ जित्न सकेर सुसम्पन्न पनि हुन्छन भने देखि सेा कुरा जितमहानले सबलाइ भन्दा जितमहानका नामले सेाहि दिन देखि विवाहित महिलाहरूले येा पर्व लिन थालेकेा विश्वास गरिन्छ । यसमा दाजुभाइ बुवा काका जस्ता आफन्तले सासु घरबाट ल्याउन जान्छन र पठाउने बेलामा लुगा फाटेा दिने समेत रहेकेा चलन छ ।
जितिया पर्व मनाउने विधि
पूजा विधि
१, कृष्ण पक्ष सप्तमीको दिन “लाई” त्यस दिन नुहाएर घेराको पातामा, चमकिलो माटो, खैर
(पिना) घेराको फुल अगरवती पानी चढाएर ढोगिन्छ । चढाएको चमकिलो माटो र खैर (पिना), ले टाउको धुने गरीन्छ र नुहाईन्छ । राती चराचुरुङ्गी कराउनु अगाडी नै ओठघन आफनो गक्ष्यानुसार राम्रो खाना माछा, ओलको तरकारी, तरुवा ईत्यादि खाईन्छ । खानु भन्दा अगाडी अ‍ोसारमा दही, चुरा गुड, केरा मिसाएर चडाईन्छ,  सुपारी पनि चढाईन्छ र पानी चढाएर ढोगिन्छ । प्रथम दिनको विधि समाप्त हुन्छ ।

२, अष्ठमीको दिन “उपास” दिन भरी भोकै बस्छन् । सवै उपासिकाहरु एउटा निश्चित ठाउमा भेला भै जितिया कथा जान्ने पण्डित वा ब्यतिmद्धारा जितमहानको कथा श्रवण गरिन्छ, नाचगान गरिन्छ । हर्षोलाशमय वतावरण रहन्छ भोको बसेको अनुभव हुदैन् । कतै कतै जितमहानको मुर्ति बनाई मेला लगाइन्छ । दोस्रो दिनको विधि समाप्त हन्छ ।
३, नवमीको दिन “पारन” सवेरै नुहाएर गाईको गोवरले आङ्गन लिपपोत गरी अङ्गनको बिचमा माटोले पुनं लिपिन्छ त्यस पछि तेलको धस्रो दुईवटा कोरिन्छ, त्यसमा सिन्दुर लगाईन्छ । दुबै छेउमा घिरौलाको पात राखि, त्यसमा घिरौलाको फुल दहि चुरा बौटरा अलुवा चामल राखि चामल माथि तुलसिको पात र सुपारि राखेर पुजा गरिन्छ । त्यस पछि पाँच वटा अलुवा चामल र पाँचवटा बौटरा  मिसाई खाने गरिन्छ । त्यसैलाई नै पारन भनिन्छ । पारन सकेपछि आफनो गक्ष्य अनुसार खसिको मासु तरुवा मिठो मिठो ओजपुर्ण खाना खाने गरिन्छ । तेस्रो दिनको विधि समाप्त हुन्छ ।

कृष्ण पक्ष सप्तमीको दिन शनिवार परेमा सुईध लाग्छ ।
सुईध लागेपछि प्रत्येक नवदुलहिले जितिया पर्व मनाउने अवसर प्राप्त गरिन्छ । प्रत्येक जितिया पर्व गर्ने महिलाहरु एउट निश्चित ठाउँमा भेला भई आफनो आफनो समने चार कोण भएको पोखरी जस्तो खनिन्छ । त्यस पोखरीको माझमा जैठ गाडेको हन्छ र चार कुनामा वरपिपलको हाँगा गाडेको हन्छ । सबै महिलाले डालिमा पुजाको सामग्री लिएर बसेका हुन्छ । जितमहानको कथा जन्ने पण्डीतले जितमहानको कथा सुनाई राखेको हन्छ ।अन्तमा  सिकीको धनुषले भाईले बहिनीलाई तिन पल्ट वाण हानिन्छ त्यस पछि चोखो कोखी भएको भाउजुले कुशको टुपोले तिन पल्ट नन्दको जिब्रो कोटियाइदिन्छ । त्यस वापत धान केरा मिठाइ र फलफुल दिइन्छ र पण्डितलाई पनि दान दक्षिणा दिन्छ । अनि जितिया पर्व समाप्त हुन्छ । यस पछि माइृति आएकी चेलिहरुलाई नायां बस्त्र दि घर पठाउने काम हुन्छ ।
महेात्सवकेा उदेश्य
१. थारू जितिया पर्वकेा प्रचार प्रसार गरि राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा चिनाउने ।
२. थारू संस्कृतिलाइ संरक्षण तथा सम्वर्धन गर्ने ।
३. सांस्कृतिक कार्यक्रम मार्फत आय आर्जन गरि आर्थिक सशक्तिकरण येा माध्यमवाट पनि गर्न सक्ने विश्वास     जगाउने ।
४. संकलित रकमबाट थारू सांस्कृतिक अध्ययन प्रतिष्ठान भवन स्थापना गर्ने ।
महेात्सवका आकर्षणहरू
१. थारूकेा परम्परागत तथा आधुनिक नाचगानका साथै प्रहसन एकल तथा समूहगत महिला, युवा,युवति कलाकारहरूद्वारा गरिने हुंदा दर्शकले भरपुर मनेारञ्जन लिन सक्नेछ ।
२.  थारू पत्रपत्रिका सर्वसुलभ दरमा किन्न पाउनेछ ।
३.  थारू जातिमा रहेका विविधतायुक्त पहिरन प्रदर्शन ।
४.  थारू संस्कृति संरक्षण संवर्दन प्रवर्दन विकास हुनेछ ।
५. जितियाबारे विभिन्न सामाजिक अभियन्ता संघसंस्थाका अगुवा र नेताहरूकेा यसवारे अवधारणा सुन्न पाइनेछ ।
अपेक्षित उपलव्धिहरू
१.येा महेात्सवले परस्पर राष्ट्रिय एकतामा पहुंच पुर्याउनेछ ।
२.संस्कृतिकेा जगेर्ना गर्नमा मद्दत पुर्याउनेछ ।
३. वैदेशिक सहयेाग भित्र्याउन सके राष्ट्रिय अर्थतन्त्र मजवुत पार्नेछ ।
४.जातिय सदभाव बढाइ एकता बढाइ सहकार्यकेा परम्परा वृदि हुनेछ ।
५. थारू संस्कृति संरक्षण एवं संवर्दन एवं विकासमा मद्त पुर्याइ रा
ष्ट्रिय अर्थतन्त्र सवल पार्नमा देवा दिनेछ भन्ने विश्वास लिएकेा पाइन्छ ।


Comments

Popular posts from this blog

Muluki Ain (Civil Code) Bill passed

Las Vegas Shooting Near Mandalay Bay Is Said to Kill at Least 20

राजविराजमा सुँगुर, कुकुर र गाईगोरुको आतंक