नमूना नगरपालिका बनाउने प्रमुख र उपप्रमुखको प्रतिबद्धता



कल्याणपुर सप्तरी, ९ असोज २०७४ ः सप्तरी खड्ग नगरपालिकाका नवनिर्वाचित प्रमुख हेमायु हकले यस नगरपालिकालाई नमूना नगरपालिकाका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

निर्वाचित पदाधिकारीको शपथग्रहण तथा पदभारग्रहण कार्यक्रममा उहाँले भन्नुभयो – “सबै पक्षसँग समन्वय र सहकार्य गरी नमूना नगरका रुपमा विकास गर्ने कार्यमा हामी प्रतिबद्ध छौं ।” 

प्रमुख हकले बिद्यमान स्रोत र साधनको अधिकतम उपयोग गरी नगरक्षेत्रभित्र स्वरोजगारी सृजना गर्ने कार्यलाई नगरपालिकाले उच्च प्राथमिकता दिइने बताउनुभयो । 


कार्यक्रममा नवनिर्वाचित उपप्रमुख यासमिन सुल्तानले नगरको समग्र विकासका लागि सबैसँग हातमा हात मिलाएर अघि बढ्ने बताउनुभयो । 

निर्वाचन अधिकृत रीताकुमारी बख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख सुदेवकुमार पोखरेलले नगरको विकास तथा जनताको हितमा काम गर्न नवनिर्वाचित नगरप्रमुख लगायतका पदाधिकारीलाई आग्रह गर्नुभयो । 

Comments

Popular posts from this blog

Las Vegas Shooting Near Mandalay Bay Is Said to Kill at Least 20

टुँडिखेलमा संविधान दिवस

अयोग्य ठहर गरिएका १८ जना भारतीय सांसद न्यायका लागि अदालतको ढोकामा