खडक नपाको प्रमुखमा समाजवादी फोरम विजयी


राजविराज, ८ असोज ः सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।

शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार १२८ मत प्राप्त गरी विजयी हुनुभएको छ उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका किरणकुमार भगतले दुई हजार हजार ९९४ मत प्राप्त गर्नुभएको थियो ।

उपप्रमुखमा काँग्रेसका यसमिन सुलतान खातुन तीन हजार २३७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका बिन्दुलाकुमारी देवी झाले दुई हजार ७६९ मत प्राप्त गर्नुभएको थियो ।

सोही नगरपालिकाको वडा नं १, २, ३ मा काँग्रेस, ४ मा नेपाल फोरम लोकतान्त्रिक, ५ मा एमाले ,६ मा नेपाल लोकतान्त्रिक फोरम, ७ र ८ मा संघीय समाजवादी फोरम नेपाल, ९ र १० मा नेपाली काँग्रेस तथा वडा नं ११ मा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।

नगरपालिकाका प्रमुख हेमायु पूर्वस्वतन्त्र सांसद मोहम्द सदरुल मियाँ हकका छोरा हुनुहुन्छ । उहाँको करिब चार वर्ष अगाडि आफ्नै परिवारका सदस्यबाट हत्या भएको थियो ।
सदरुल मियाँ २०६४ सालमा स्वतन्त्र उम्मेदवारका रुपमा क्षेत्र नं ५ बाट सांसद बन्नुभएको थियो । 

Comments

Popular posts from this blog

Muluki Ain (Civil Code) Bill passed

मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु, उद्घारकार्य जारी, ठूलो जनधनको क्षतिको अनुमान

Las Vegas Shooting Near Mandalay Bay Is Said to Kill at Least 20