मोटरसाइकलको ठक्करबाट मृत्यु


राजविराज, ८ असोज ः पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ५ मा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीया आशादेवी साह रहेको इलाका प्हरी कार्यालय कल्याणपुरले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ८ प ४४१० नंको मोटरसाइकलले उनलाई बाटो काट्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Comments

Popular posts from this blog

Muluki Ain (Civil Code) Bill passed

मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु, उद्घारकार्य जारी, ठूलो जनधनको क्षतिको अनुमान

Las Vegas Shooting Near Mandalay Bay Is Said to Kill at Least 20