कावा प्रधानमन्त्री गच्छदार स्वागत समारोहमा



काठमाडौँ, ७ असोज 2074 ः साउदी अरेबियाको ८७ औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित स्वागत समारोहमा कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदार सहभागी हुनुभयो । 

नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर एच अलहार्थीले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योगपति, व्यापारी तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो । 

त्यस अवसरमा नेपाल र साउदी अरेबियाको राष्ट्रिय धुन प्रस्तुत गरिनाका साथै साउदी अरेबियाले हालैका दिनमा हासिल गरेको प्रगति वृत्तचित्रका माध्ययमबाट प्रस्तुत गरिएको थियो । 

Comments

Popular posts from this blog

Las Vegas Shooting Near Mandalay Bay Is Said to Kill at Least 20

टुँडिखेलमा संविधान दिवस

अयोग्य ठहर गरिएका १८ जना भारतीय सांसद न्यायका लागि अदालतको ढोकामा