राजविराजमा सुँगुर, कुकुर र गाईगोरुको आतंक
राजविराज, २४ असोज 2074 ः लामो समयदेखि सप्तरीको सदरमुकाम राजविराज नगर क्षेत्रमा सुँगुर, कुकुर र गाईगोरुको छाडापनका कारण नगरवासी दिनहुँ हैरानी खेप्न बाध्य छन् । करिब ६० बिगाहाभन्दा बढी क्षेत्रफलमा फैलिएको राजविराज नगरपालिकाको मुख्य बजारमा सुँगुर छाडापनका कारण यहाँका सर्वसाधारणले दैनिक दुःख पाउनाका साथै राजविराज नगरपालिकाले सुँगुर नियन्त्रणमा ध्यान नदिएका कारण नगरभित्रको मुख्य चोकमा सुँगुरले जहाँतहीँ दिसा गर्ने र थुपारिएको फोहर मुखले खनेर ठाउँठाउँमा दुर्गन्ध फैलिने गरेको स्थानीयवासी गुनासो गर्छन । राजविराजको दर्शन चोक, गजेन्द्र चोक, महावीर चोक, अस्पताल चोक र हटिया लाइनसहितका विभिन्न ठाउँमा मानिसको बढी उठबस हुने र चहलपहल पनि बढी हुने ठाउँमा जताततैबाट सुँगुर आएर दिसा गर्नाले नगरमा दुर्गन्ध फैलिएको नगरवासीले गुनासो गरेका छन् । यहाँका मुख्य चोकमा कुकुर र गाईगोरु पनि जताततै देखा पर्न थालेको बताउँदै गाईगोरुले मुख्य सडकमै दिसा गर्न थालेकाले सर्वसाधारण गाईगोरुको गोबरमा चिप्लेर लड्ने गरेको र यसबाट दुर्घटनासमेत निम्तिएको पनि जनगुनासाे रहेकाे छ । वर्षौंदेखि यत्...